नेपाल प्रहरी गण्डकी प्रदेश आदर्श कपको फाइनलमा

पाेखरा | माघ १४, २०८२

नेपाल प्रहरी गण्डकी प्रदेश आदर्श कपको फाइनलमा

पोखरा:   नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टोलीलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो । 


नेपाल प्रहरी गण्डकी प्रदेशका विवेक गुरुङले खेलको ३० औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। खेलभरि दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि थप गोल हुन सकेन ।


मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका जर्सी नम्बर ४४ का खेलाडी रोजल दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।


अब नेपाल प्रहरी गण्डकी प्रदेशको टोली माघ १६ गते हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीबीच बुधबार हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. ४ लाख ९९ हजार ९ सय ९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्